बुधवार, माघ १२ २०७८
नेपाल वाइड
खोटाङ, १२ माघ । खोटाङका १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रको ईन्चार्ज तथा सह–ईन्चार्ज तोकिएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिको मंगलबार बसेको बैठकले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको इन्चार्ज तथा सह–ईन्चार्ज तोकेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमकाजी आचार्य (विनोद)लाई ईन्चार्ज र विकास राईलाई सह–ईन्चार्ज, हलेसी तुवाचुङ नगरपलिकामा हस्तबहादुर राई (आमोद)लाई ईन्चार्ज र चईन्द्र राई (आक्रोश)लाई सह–ईन्चार्ज तोकिएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईले ईन्चार्ज र श्रीमबहादुर राईले सह–ईन्चार्ज, खोटेहाङ गाउँपालिकामा उदिम बान्तावा (मुक्ति)ले ईन्चार्ज तथा शुसिला बान्तवा र ईन्द्र नाराथुङ्गेले सह–ईन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले ईन्चार्ज तथा बिरवल किराँती र राजकुमार बिष्टले सह–ईन्चार्जको जिम्मेवारी पाएका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अजम्बर राई ईन्चार्ज र लक्ष्मिकुमार राई सह–ईन्चार्ज, बराहपोखरी गाउँपालिकामा निशाना राई ईन्चार्ज, रावावेँसी गाउँपालिकामा सिताराम अधिकारी (भूमी) ईन्चार्ज, साकेला गाउँपालिकामा अर्जुन खड्का (झंकार) ईन्चार्ज र बिर्सिका राई सह–ईन्चार्ज तोकिएका छन् ।
केपिलासगढी गाउँपालिकामा भने ईन्चार्ज र सह–ईन्चार्ज तोकिएका छैनन् । ईन्चार्ज र सह–ईन्चार्ज नतोकिएसम्म केपिलासगढीमा जिल्ला समन्वय समितिले हेर्ने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दिपक पाण्डे (आकाश)ले बताए ।
माओवादी केन्द्रले बराहपोखरी र रावाबेँसी गाउँपालिकाको सह–इन्चार्जको टुंगो लगाउन पनि बाँकी राखेको छ । प्रदेश कमिटिले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा पाण्डे र सचिवमा जीवन राई (संगीन)लाई अघि सारेको छ ।