Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

    बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ


    • बुधवार, माघ १२ २०७८

    • नेपाल वाइड


    बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
    प्रतिकात्मक तस्बिर

    पर्सा । प्रहरीले १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ ।

    यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ ।
     

    सम्बन्धित समाचार