Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    नेकपा माओवादी केन्द्र खोटाङको संयोजक बने पाण्डे

    नेकपा माओवादी केन्द्र खोटाङको संयोजक बने पाण्डे


    • मंगलवार, माघ ११ २०७८

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्र खोटाङको संयोजक बने पाण्डे
    संयोजक बनेका नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डे आकाश ।

    खोटाङ, ११ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दिपक पाण्डे चुनिएका छन् । तत्कालिन जिल्ला संयोजक देवान किराती (पृथ्बी) नेकपा माओवादी केन्द्र प्रदेश कमिटिको उपाध्यक्ष चुनिएपछि सो स्थानमा पाण्डेलाई अघि सारिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटिको मंगलबार बसेको बैठकले पाण्डेलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    नेकपा माओवादी केन्द्र खोटाङको कोषाध्यक्ष, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कार्यालय सदस्य, एमाले र माओवादी केन्द्र अलग भएपछि माओवादी केन्द्रको दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटि सदस्य बनेका पाण्डेलाई जिल्ला संयोजक तोकिएको नेकपा माओवादी केन्द्रले जनाएको छ । यस्तै, सचिवको जिम्मेवारी जीवन राई (संगीन)ले पाएका छन् ।

    नेकपा माओवादी उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इन्द्र इम्सुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको छ ।

    बैठकले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेद्वारको पक्षमा मतदान गर्न आव्हान गर्दै विजयी गराउने, पहिचानको आधारमा भएको प्रदेश २ को नामाकारणलाई स्वागत गर्दै प्रदेश १ को नामाकरण पहिचानकै आधारमा गर्नका लागि चौतर्फी दवाव सिर्जना गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटि उपाध्यक्ष देवान किराती (पृथ्बी)ले बताए ।

    सम्बन्धित समाचार