Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पठाओ राईडरलाई कुटपिट गरी लुटपाट गर्ने दुई युवा पक्राउ

    पठाओ राईडरलाई कुटपिट गरी लुटपाट गर्ने दुई युवा पक्राउ


    • सोमवार, माघ १० २०७८

    • नेपाल वाइड


    पठाओ राईडरलाई कुटपिट गरी लुटपाट गर्ने दुई युवा पक्राउ

    खोटाङ, १० माघ । पठाओ चालकलाई कुटपिट गरी लुटपाट गर्ने दुई युवा पक्राउ परेका छन् । प्रदेश ०२–९०१९००१ प ११६६ नम्बरको पल्सर मोटरसाईकलका चालक पठाओ राईडर प्रविण राईलाई कुटपिट गरी हातखुट्टा बाँधी मुखमा पट्टी लगाइदिएर एकान्त झाडीमा फालेर लुटपाट गर्नमा संलग्न सिन्धुली मियाखरका सुमन तामाङ र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मिनराज राई पक्राउ परेका हुन् ।

    शनिबार राती कोटेश्वरबाट धापाखेलकालागि चढेका सुमनले धापाखेल पुगेपछि आँखिदहमा मिनराजसँग मिलेर पठाओ चालक राईलाई कुटपिट गरी लुटपाट गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

    पठाओ चालक प्रविणलाई झाडीमा फालेपछि मोटरसाईकल, ब्लु बुक, मोबाईल लुटपाट गरी फरार भएका सुमन र मिनराजलाई प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट चोरी भएका सामान सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार