Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नक्कली मह उत्पादन गरेको आरोपमा १ जना पक्राउ

    नक्कली मह उत्पादन गरेको आरोपमा १ जना पक्राउ


    • शुक्रवार, माघ ७ २०७८

    • नेपाल वाइड


    नक्कली मह उत्पादन गरेको आरोपमा १ जना पक्राउ

    काठमाण्डौ । नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् ।​ ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

    cc.jpg

    ‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे । आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए । रातोपाटी । 

    सम्बन्धित समाचार