Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    हिउँदे अधिवेशनबाट प्रदेश नं. १ को नाम टुंगो लगाउने : मुख्यमन्त्री राई

    हिउँदे अधिवेशनबाट प्रदेश नं. १ को नाम टुंगो लगाउने : मुख्यमन्त्री राई


    • मंगलवार, माघ ४ २०७८

    • नेपाल वाइड


    हिउँदे अधिवेशनबाट प्रदेश नं. १ को नाम टुंगो लगाउने : मुख्यमन्त्री राई
    मुख्यमन्त्री राजेन्द्रकुमार राई ।

    विराटनगर, ४ माघ । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पार्नुभएको छ । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको जनाउनुभएको छ ।

    आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामाकरण गर्ने बताउनुभयो ।

    मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने जनाउनुभएको छ । संसदले सांसदले टुंगो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पार्नुभएको छ ।

    सम्बन्धित समाचार