Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीको पदभार ग्रहण

    नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीको पदभार ग्रहण


    • आइतवार, माघ २ २०७८

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीको पदभार ग्रहण
    नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्धारा पदभार ग्रहण पछि ।

    विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । माओवादी केन्द्रको विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आज साँझ एक कार्यक्रम गरी पदाधिकारीको पदभार ग्रहण भएको हो ।

    माओवादीका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन् । 

    माओवादीको प्रदेश १ अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका थिए ।

    ९ जना पदाधिकारीका गत पुस ७ गते निर्वाचन भएको थियो भने माओवादी केन्द्रले प्रदेश १ को प्रथम अधिवेशन गत मङ्सिर २५ र २६ गते सम्पन्न गरेको थियो । उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य मतदानमा सहभागी भएका थिए ।

    सम्बन्धित समाचार