Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ

    अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ


    • बुधवार, पौष २८ २०७८

    • नेपाल वाइड


    अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीबाट २० किलो ५०० ग्राम अवैध लागुऔषध चरेस र १० किलो अवैध लागुऔषध गाँजाको धुलोजस्तो देखिने पदार्थसहित राक्सिराङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तबहादुर थिङलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलवाडीबाट विभिन्न लागुऔषधसहित भारत, महाराजगन्ज, नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलमलगायत तीनजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा चोकबाट नियन्त्रित लागुऔषध चार लिटर कोरेक्स र एक हजार क्याप्सुल ट्रामाजोलसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४२ वर्षीय विवेकशील मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

    बाँकेकै नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाहबाट १६ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोका मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिका–३, बोराडाडीबाट ११ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २७ वर्षीय अशोक पाललाई प्रहरीले पक्राउ गरेको छ ।

    धनुषाको औरही गाउँपालिका–१, पौडौश्वरबाट २५० ग्राम अवैध लागुऔषध गाँजा, नियन्त्रित लागुऔषध १२ ट्याब्लेट नाइट्राभेट र चार क्याप्सुल स्पास्मो प्रोक्सभिन प्लससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मोरङको रतुवामाई नगरपालिका–३, माहादेवाबाट १८ ग्राम अवैध लागुऔषध ब्राउनसुगर र पाँच लिटर कोरेक्सजस्तो देखिने वस्तुसहित झापाको गौरीगन्ज गाउँपालिका–५ बस्ने ३५ वर्षीया सरस्वती शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

    सिरहाको लहान नगरपालिका–१२, पडरिया चोकबाट करिब पाँच ग्राम ५०० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर र नगद ११ हजार रुपैयाँसहित सोही ठाउँ बस्ने प्रशान्त चौधरीलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सम्बन्धित समाचार