Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आत्महत्याका कारण अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग

    आत्महत्याका कारण अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग


    • मंगलवार, पौष २७ २०७८

    • नेपाल वाइड


    आत्महत्याका कारण अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग
    पिडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै ।

    खोटाङ, २७ पुस । आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ ।

    कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुवा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा ४१ हजार ७३१ रुपैयाँ जुटाइएको हो ।

    कर्णबहादुरको काजक्रिया गर्न तथा बालबच्चाको लालनपालनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ १० जना दाताबाट संकलन गरिएको रकम शुक्रबार नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले मृतक परिवारलाई हस्तान्तरण गरेका छन् । मुग्राती परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अभियान्ता राईले बताए ।

    अभियान्ता राईको पहलमा मुग्राती परिवारलाई सहयोग जुटाइएको यो दोश्रो चरण हो । आवश्यकता अनुसार मुग्राती परिवारको सहयोगमा सहयोग अभियान सञ्चालन गरिने राईले बताए ।

    मुग्राती दम्पत्तीका तीन छोरा र दुई छोरीमध्ये १८ वर्ष पुगेकी जेठी छोरीको विवाह भइसकेको छ । उनका बृद्ध बुवा प्रेसरको समस्याबाट पिडित छन् भने आमा आँखा नदेख्ने अवस्थामा छन् ।

    सम्बन्धित समाचार