Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    जसपा किरात राष्ट्रिय समितिको प्रशिक्षण कार्यक्रम तथा कार्यशाला

    जसपा किरात राष्ट्रिय समितिको प्रशिक्षण कार्यक्रम तथा कार्यशाला


    • आइतवार, पौष २५ २०७८

    • नेपाल वाइड


    जसपा  किरात राष्ट्रिय समितिको प्रशिक्षण कार्यक्रम तथा कार्यशाला
    प्रशिक्षण कार्यक्रम तथा कार्यशालामा जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई ।

    खोटाङ, २५ पुस । जनता समाजवादी पार्टी नेपाल किरात राष्ट्रिय समितिले खोटाङमा प्रशिक्षण कार्यक्रम तथा कार्यशाला आयोजना गरेको छ । किरात राष्ट्रिय समितिको कार्यक्षेत्र भित्रका जिल्ला अध्यक्ष तथा अगुवा कार्यकर्तालाई सहभागी गराएर जनता समाजवादी पार्टीले दुई दिने प्रशिक्षण कार्यक्रम तथा कार्यशाला आयोजना गरेको हो ।

    पार्टीको सांगठनिक संरचनालाई चलायमान बनाउँदै मजबुद पार्टी बनाउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेसनको सहभाहलमा २३ पुस र २४ पुसमा प्रशिक्षण कार्यक्रम तथा कार्यशाला आयोजना गरिएको जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापाले बताए ।

    प्रशिक्षण कार्यक्रम तथा कार्यशालामा जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य युवराज कार्की, रामसहाय प्रसाद यादव, गंगा श्रेष्ठ, केन्द्रीय सदस्य डा. कृष्णकुमार राई, जयराम यादव र भीम राईले प्रशिक्षण दिएका थिए ।

    कार्यकारिणी सदस्य रामसहाय प्रसाद संघीय सरकारका वन तथा वातावरण तथा केन्द्रीय सदस्य जयराम प्रदेश १ सरकारको सामाजिक विकास मन्त्री हुन् । कार्यक्रम जनता समाजवादीका केन्द्रीय सदस्य रमेश राईको अध्यक्षतामा भएको हो ।

    सम्बन्धित समाचार