Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने

    एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने


    • आइतवार, पौष २५ २०७८

    • नेपाल वाइड


    एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने
    एमाले खोटाङद्धारा आयोजित पत्रकार सम्मेलन ।

    खोटाङ, २५ पुस । नयाँ नेतृत्व चयन लगत्तै नेकपा एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न सातौं जिल्ला अधिबेसनबाट निर्वाचित एमालेको नयाँ नेतृत्वले आइतबार पत्रकार सम्मेलन गर्दै समस्यामा परेका आफ्नो नेता तथा कार्यकर्ताको सहयोगका लागि कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

    होटल शुभदिनमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘टोल–टोलमा पार्टी कमिटि, घर–घरमा पार्टी सदस्यताको’ नारा कार्यान्वयन गर्दै उनीहरुको सहयोगमा कोष उपयोग गरिने जानकारी दिएका हुन् । बिशेषगरी दुर्घट्ना, रोग तथा विभिन्न स्वास्थ्य समस्या निम्तिएको बेला उपचारकालागि कोषको रकम उपयोग गरिने अध्यक्ष दंगालले जानकारी दिए ।

    एमाले अधिबेसनले प्रविधिमैत्री पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने, व्यवस्थित संगठन–प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने, युवालाई काम–ज्येष्ठलाई सम्मान गर्ने नीति अवम्बन गर्ने जनाएको छ ।

    यस्तै, विकास र संमृद्धिको नेतृत्व गर्ने, कुरिती, कुसंस्कार र अन्ध बिश्वास विरुद्ध अभियान चलाउने, सामुदायीक क्षेत्रमा पार्टीकातर्फबाट नेतृत्व गर्ने, वाम लोकतान्त्रिक एवं प्रगतीशिल शक्तिलाई एकतावद्ध गर्दै विपक्षी शक्तिसँग प्रतिष्पर्धा गर्ने, भ्रष्टाचार र कालाबजारी बिरुद्ध अभियान चलाउने अध्यक्ष दंगालले जानकारी दिए ।

    यस्तै, चुनाव जित्ने–समावेशी पार्टी बनाउने, जनताको सुखदुःखमा साथ दिने, श्रमको सम्मान गर्ने, युवामैत्री पार्टी निर्माणमा जोड दिने, जनवर्गीय संगठन व्यवस्थित बनाउने नीति अपनाइने एमालेले जनाएको छ ।

    एमालेले १५ दिनभित्र सचिवालय टुंग्याउने, प्रदेश अधिबेसनका लागि प्रतिनिधि चयन गर्ने, सवै खालका प्रतिबेदनको दस्ताबेजीकरण, अभिलेखीकरण एवं स्मारिकाको प्रकाशन गर्ने जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य उषाकला राई, एमाले जिल्ला कमिटि उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमार आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार