Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत चयन

    नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत चयन


    • शनिवार, पौष २४ २०७८

    • नेपाल वाइड


    नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत चयन
    एमाले खोटाङको अध्यक्ष रामप्रसाद दंगाल ।

    खोटाङ, २४ पुस । नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चुनिएका छन् । शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिबेसनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

    नेकपा एमाले जिल्ला कमिटिको १० बैसाखदेखि १४ बैसाख २०७२ मा सम्पन्न छैठौं अधिबेसनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लागेपछि जिल्ला कमिटिबाट अध्यक्षमा मनोनित दंगाल अधिबेसनमार्फत अध्यक्ष बनेका हुन् ।

    एमाले जिल्ला कमिटिको उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल चयन भएका छन् । अधिबेसनले एमालेको ७५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । युवा प्रतिनिधि चुनावको पक्षमा भए पनि सर्वसहमती भन्दै जिल्ला कमिटि बनाइएको हो ।

    ‘सत्तालिप्साले जन्माएको गठवन्धन विरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सवै एमाले एक बनौं’ भन्ने नारा सहित शुक्रबार सुरु भएको अधिबेसन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईले उद्घाटन गरेका थिए ।

    अधिबेसनमा जिल्ला अधिबेसनमा वडा, गाउँपालिका, नगरपालिका कमिटि, सल्लाहकार परिषद, कम्यूनिष्ट मञ्च, खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार प्रतिनिधिको सहभागीता रहेको अधिबेसन प्रचार–प्रसार विभाग प्रमुख दिलचक्र राईले बताए ।

    सम्बन्धित समाचार