Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एमाले खोटाङको जिल्ला अधिबेसन कबर्ड हलमा

    एमाले खोटाङको जिल्ला अधिबेसन कबर्ड हलमा


    • शुक्रवार, पौष २३ २०७८

    • नेपाल वाइड


    एमाले खोटाङको जिल्ला अधिबेसन कबर्ड हलमा
    फायल तस्बिर

    खोटाङ, २३ पुस । नेकपा एमाले खोटाङको सातौं जिल्ला अधिबेसन शुक्रबारबाट सुरु हुदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकभरको जिल्ला अधिबेसन भर्चुअल माध्यमबाट उद्घाटन गरेसँगै जिल्ला अधिबेसन उद्घाटन हुने छ ।

    दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सम्पन्न हुने अधिबेसनले सर्वसहमतीमा नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

    जिल्ला अधिबेसनमा वडा, गाउँपालिका, नगरपालिका कमिटि, सल्लाहकार परिषद, कम्यूनिष्ट मञ्च, खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्च, जनसंगठन, अल्पसंख्यक, सिमान्तकृत, फरक क्षमता र लैंगिक अल्पसंख्यकबाट एक हजार प्रतिनिधिको सहभागीता रहने एमाले अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    एमालेले आफ्नो जिल्ला अधिबेसनका लागि ‘सत्तालिप्साले जन्माएको गठवन्धन विरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सवै एमाले एक बनौं’ भन्ने नारा तय गरेको छ ।

    सम्बन्धित समाचार