Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा थपिएका ५ हजार ८४६ नयाँ मतदाता

    खोटाङमा थपिएका ५ हजार ८४६ नयाँ मतदाता


    • बुधवार, पौष २१ २०७८

    • नेपाल वाइड


    खोटाङमा थपिएका ५ हजार ८४६ नयाँ मतदाता
    जिल्ला प्रशासन कार्यालय खोटाङमा फोटो सहितको मतदाता नामावली दर्ता गराउँदै युवा । तस्बीर : नेपालवाईड डटकम

    खोटाङ, २१ पुस । खोटाङमा ५ हजार ८४६ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातामध्ये महिलाको संख्या ८० ले बढी छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै गत १७ मंसिरदेखि २६ मंसिर र २९ मंसिरदेखि ९ पुससम्म सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलन अभियानका क्रममा २ हजार ९६३ महिला र २ हजार ८८३ पुरुष मतदाताको नाम दर्ता भएको हो ।

    पहिलो चरणमा १ हजार ३०९ पुरुष र १ हजार ४३ जना महिला गरी २ हजार ३५२ नयाँ मतदाता नामावली दर्ता भएको निमित्त जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले बताए । दोश्रो चरणमा महिला १ हजार ९२० जना र पुरुष १ हजार ५७४ गरी ३ हजार ४९४ नयाँ मतदाता थपिएका छन् ।

    यस अवधिमा अन्य जिल्लाका ७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । पहिलो चरणमा ४ जना र दोश्रो चरणमा ३ जनाले मतदाता नामावली दर्ता गराएका हुन् ।

    सम्बन्धित समाचार