Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन

    यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन


    • सोमवार, पौष १९ २०७८

    • नेपाल वाइड


    यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन
    प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ।

    विराटनगर, १९ पौष । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेश अन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन गर्नुभयो ।

    १ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय आठ वटा छन् । प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालयअन्तर्गत आठ वटा कार्यालयमा करारसमेत गरी १७१ कर्मचारी कार्यरत छन् ।

    सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा जोड दिनुभयो ।

    उक्त कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ‘यातायात व्यवस्थामा अन्तर सरकारी समन्वय’ विषयमा र प्रदेश नं. १ यातायात व्यवस्था निर्देशनालयका निर्देशक भीम गौतमले निर्देशनालय मातहतका कार्यालयबाट प्रवाह गर्ने सेवाका विषयमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईलगायतको उपस्थिति थियो ।

    सम्बन्धित समाचार