सोमवार, पौष १९ २०७८
नेपाल वाइड
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।सोमबार भएको यससम्बन्धी सम्झौतमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५-१० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए । सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।