आइतवार, पौष १८ २०७८
नेपाल वाइड
खोटाङ, १८ पुस । खोटाङका तीन नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य चयन भएका छन् । काठ्माण्डौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिबेसनबाट आदिवासी जनजातीतर्फबाट रामकुमार राई (पासाङ), दुर्गाजयन्ती राई र खसआर्य महिलातर्फबाट समिता कार्की (अस्मिता) केन्द्रीय सदस्य चयन भएका हुन् ।
महाधिबेसनको बन्दसत्रमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा तीन नेताको नाम समावेस भएको हो ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य बनेका रामकुमार प्रदेशसभा सांसद हुन् । दुर्गाजयन्ती र अस्मिता पुर्वसभाषद हुन् । खोटाङकै पुर्वसांसद टंक राई अनुशासन आयोगको प्रमुख बनाएने चर्चा छ । यसअघि पनि उनी अनुशासन आयोगको प्रमुख नै थिए ।