Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सहकारी संघको अध्यक्षमा चाहार

    सहकारी संघको अध्यक्षमा चाहार


    • शनिवार, पौष १७ २०७८

    • नेपाल वाइड


    सहकारी संघको अध्यक्षमा चाहार
    सहकारी संघको नवनिर्वाचित अध्यक्ष मिलन चाहार ।

    खोटाङ, १७ पुस । जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न सहकारी संघको चौथो अधिबेसन तथा साधारणसभाले चाहारलाई अध्यक्ष चयन गरेको हो । सहकारी संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई र कोषाध्यक्षमा सरिता राई चयन भएका छन् ।

    ११ सदस्यीय सहकारी संघको सदस्यमा रघुनन्द राई, जेपी राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय र गोपाल आचार्य चयन भएका छन् । दुई सदस्य पछि थप गरिने सहकारी संघका नवनिर्वाचित अध्यक्ष चाहारले बताए ।

    यस्तै, कविकुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । प्रदेश सहकारी संघको सदस्यका लागि सुमन श्रेष्ठ चयन भएका छन् ।

    सहकारी संघको अधिबेसनले आर्थिक वर्ष २०७७/०७८ को खर्च अनुमोदन, आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

    यस्तै, लेखा सुपरिवेक्षण समिति र लेखा समितिको प्रतिबेदन पारित गरिएको छ । सहकारी संघको कार्यालय स्थापना तथा व्यवस्थापन, लेखा परिक्षक नियुक्ति लगायतका निर्णय गरिएको सहकारी संघले जनाएको छ ।

    सहकारी संघका कार्यबाहक अध्यक्ष सनमान खड्काको सभापतित्वमा भएको अधिबेसन सहकारी संघका पुर्वअध्यक्ष नूरकाजी शैंजूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार