Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटेहाङमा १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता

    खोटेहाङमा १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता


    • शुक्रवार, पौष १६ २०७८

    • नेपाल वाइड


    खोटेहाङमा १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता
    व्यवसाय दर्ता गर्ने व्यवसायीलाई प्रमाण–पत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष प्रदीप राई ।

    खोटाङ, १६ पुस । खोटाङको खोटेहाङ गाउँपालिकाले १३३ वटा नयाँ व्यवसायीक फर्म दर्ता गराएको छ । सबै व्यवसायीलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले सबै वडामा ‘व्यवसाय दर्ता तथा नविकरण एबं आन्तरिक राजस्व संकलन अभियान’ सञ्चालन गरेर होटल, खुद्रा तथा किराना पसल, सप्लायर्स, बहुउद्धेश्यीय कृषि तथा पशुफर्म दर्ता गराएको हो ।

    ८ दिनसम्म वडा–वडामा सञ्चालन गरिएको अभियानका क्रममा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा १४ वटा, खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा १२ वटा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा १० वटा, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ११ वटा, खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा ८ वटा नयाँ व्यवसाय दर्ता गरिएको गाउँपालिकाका आन्तरिक लेखा परिक्षक योगेश श्रेष्ठले जानकारी दिए ।

    business darta-tax collection photo_khotang1.jpg

    व्यवसाय दर्ता गर्ने व्यवसायीलाई प्रमाण–पत्र हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष कविता राई ।

    यस्तै, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा १०, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २२, खोटेहाङ गाउँपालिका–८ सिमपानीमा २२ र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा २४ वटा नयाँ व्यवसाय दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ व्यवसाय दर्ता तथा पुरानो व्यवसाय नवीकरणका क्रममा ९९ हजार ७०० रुपैयाँ आन्तरिक राजस्व संकलन भएको आन्तरिक लेखा परिक्षक श्रेष्ठले बताए ।

    गाउँपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायलाई वैधानिकता दिनका लागि व्यवसाय दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाले विना दर्ता व्यवसाय सञ्चालनमा रोक लगाएको छ । अभियानमा आन्तरिक लेखा परिक्षक श्रेष्ठ र फिल्ड सहायक मनिता राईको टोली वडा–वडामाम खटिएका थिए ।

    गाउँपालिकाकी उपाध्यक्ष एवं राजस्व परामर्श समितिका संयोजक कविता राईले ६ पुसमा लिकुवापोखरी र वाप्लुखामा उद्घाटन गरेको अभियान गाउँपालिका अध्यक्ष प्रदीप राईले खोटाङबजारमा समापन गरेका हुन् ।

    सम्बन्धित समाचार