Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै

    जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै


    • शनिवार, पौष १० २०७८

    • नेपाल वाइड


    जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै
    खोटाङबजारस्थित टुँडिखेलमा जननायक रामप्रसाद राईले रोपेको समीको रुख ।

    खोटाङ, १० पुस । खोटाङमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा पार्क निर्माण सुरु गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क निर्माण सुरु गरिएको हो ।

    क्रान्ती नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ स्मृतिपार्क निर्माण सुरु गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

    हाल ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राईको शालिक, बगैंचा, घेरावारा लगायतका संरचना निर्माणको काम भइरहेको छ । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनिसकेको छ ।

    टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, २०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो ।

    यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/०७६ मा २० लाख र आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च भइसकेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको हो ।

    ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएको थियो । सो टुँडीखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करबिर फूल रोपेको इतिहास छ ।

    सो टुँडिखेल भने विक्रम संवत् १९६३ देखि १०९० सालकोबिचमा बनेको भगवती दिनानाथ माविका प्रअ एबं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुलीले बताए । राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए ।

    रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । २००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा गरिएको इतिहास छ ।

    सम्बन्धित समाचार