Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई

    आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई


    • बिहिवार, पौष ८ २०७८

    • नेपाल वाइड


    आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई
    च्याब्रुङ बजाएर महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्र राई ।

    इलाम । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए ।

    उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने बताए । चुरे क्षेत्रमा रहेको तेह्रकुने पोखरीको प्रचार प्रसारको लागि चारदिने महोत्सव आयोजना गरिएको हो ।

    प्रदेश सांसद काजीमान कागतले, नगरपालिका प्रमुख दीपक थेबे लगायतका वक्ताले सिमसार क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन अनुसारको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

    महोत्सवको अवसर पारेर पोखरीमा दुई वटा डुंगा सयरको व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा राई, लिम्बु, सुनुवार र उराउ जातिको सांस्कृतिक झाकी प्रदर्शन गरिएको छ ।

    मुख्यमन्त्री राईले सांस्कृतिक बाजा च्याब्रुङ बजाएर महोत्सवको उद्घाटन गरेका थिए । चार दिने महोत्सवमा १६ देखि २० हजारसम्म पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।

    सम्बन्धित समाचार