Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शैक्षिक कर्जाको व्यवस्था, महंगी नियन्त्रण लगायतको माग गर्दै अखिलले बुझाए हस्ताक्षर

    शैक्षिक कर्जाको व्यवस्था, महंगी नियन्त्रण लगायतको माग गर्दै अखिलले बुझाए हस्ताक्षर


    • मंगलवार, पौष ६ २०७८

    • नेपाल वाइड


    शैक्षिक कर्जाको व्यवस्था, महंगी नियन्त्रण लगायतको माग गर्दै अखिलले बुझाए हस्ताक्षर
    अखिलद्धारा संकलित हस्ताक्षर ।

    खोटाङ, ६ पुस । विद्यार्थीलाई शैक्षिक कर्जाको व्यवस्था, महंगी नियन्त्रण लगायतको माग गर्दै अनेरास्ववियु खोटाङले हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाएको छ ।

    विद्यार्थीलाई शैक्षिक कर्जा कार्यान्वयन गर्न, यातायातमा विद्यार्थीलाई सहुलियत उपलव्ध गराउन, कालोबजारी, महंगी नियन्त्रण गर्न माग गर्दै अनेरास्ववियुले हस्ताक्षर संकलन गरेर नेपाल सरकारलाई बुझाएको हो । विद्यार्थीको हकहितमा सोमबार र मंगलबार संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत नेपाल सरकारलाई पठाइएको हो ।

    अनेरास्ववियुका अध्यक्ष खेमराज देउसाली, सचिव मोहन संग्राम लगायतको विद्यार्थी नेताको टोलीले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका हुन् ।

    विभिन्न आन्दोलनबाट प्राप्त महत्वपूर्ण र ऐतिहासिक उपलब्धिलाई कमजोर बनाउने हेतुले परमादेसी सरकारले गरेको गतिविधिको घोर भत्सर्ना गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको अनेरास्ववियुका सचिव मोहन संग्रामले बताए ।

    शैक्षिक कर्जा, यातायातमा सहुलियत, कालोबजारी र महंगी नियन्त्रणमा दवाव सिर्जना गर्न प्रदेश नम्बर १ मा ५० हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाइएको अनेरास्ववियुले जनाएको छ ।

    सम्बन्धित समाचार