Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    गठबन्धन सरकार लामो समय टिक्ने अवस्थामा छैन : शेरधन राई

    गठबन्धन सरकार लामो समय टिक्ने अवस्थामा छैन : शेरधन राई


    • मंगलवार, पौष ६ २०७८

    • नेपाल वाइड


    गठबन्धन सरकार लामो समय टिक्ने अवस्थामा छैन : शेरधन राई
    दिक्तेलमा बोल्दै एमाले नेता शेरधन राई । 

    खोटाङ, ६ पुस । नेकपा एमालेका स्थायी कमिटि सदस्य एबं प्रदेश नम्बर १ का पुर्वमुख्यामन्त्री शेरधन राईले गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएको बताएका छन् ।

    नेकपा एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको बधाई तथा शुभकामना ग्रहण गर्दै एमाले नेता राईले वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको बताए ।

    उनले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परिरहेको उल्लेख गरेका छन् । “अवको केन्द्रविन्दु आगामी निर्वाचन हो । ढिलो वा चाँडो चुनाव हुन्छ ।

    यो गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन । शेरबहादुर देउवालाई असाध्यै गार्‍हो भइरहेको छ । एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव । यी मान्छेहरुले शेरबहादुर देउवालाई अप्ठ्यारो बनाइरहेको अवस्था छ ।

    त्यसो हुँदा खेरी गठबन्धन भत्काउने वा छिटो चुनावमा जाने यो खालको अवस्थामा अहिलेको गठबन्धन छ,” राईले भने, “ त्यत्तीकै पनि चुनाव आइसक्यो । स्थानीय चुनाव हुने बेला भइ नै सक्यो ।

    प्रदेश र संघको चुनाव पनि धेरै बाँकी छैन । त्यसैले अवको निर्वाचनमा एमाले एक्लैले जित्न सक्छ, जित्नु पर्छ र संवृद्धिको यात्रालाई अझ फराकिलो बनाउँदै लैजानु पर्छ । संवृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई मुर्त रुप दिनुपर्छ । समाजवादको आधार तयार गर्दै अगाडि बढ्नुपर्छ ।”

    एमाले स्थायी कमिटि सदस्य एबं पुर्वमुख्यामन्त्री राईले सर्वोच्च अदालतले सेटिङमा परमादेशबाट बनाइदिएको केन्द्र सरकार र अध्यादेशबाट बनेको प्रदेश सरकारले अनुचित ढंगले श्रोत तथा बजेटको दुरुपयोग गर्दै निजी स्वार्थ पुरा गर्ने हिसावले खर्च गरिरहेको दाबी गरे ।

    “अहिले परमादेशबाट सर्वोच्च अदालतले सेटिङमा बनाइदिएको सरकार माथि छ । अध्यादेशले बनाएको सरकार प्रदेशमा छ । उसले न जनताका लागि राष्ट्रका लागि सोच्छ, न केही गर्छन्,” उनले भने, “हामीले थालेका राम्रा कामहरुलाई भत्काउने, त्यसलाई रोक्ने र अनुचित ढंगले श्रोतहरुको बजेटको दुरुपयोग गर्ने, आफ्नो निजी स्वार्थ पुरा गर्ने हिसावले खर्च गर्ने हिसावले काम गरिरहेका छन् । त्यसको खबरदारी गर्ने जिम्मा हाम्रो छ ।”

    नेता राईले एमालेमाथि पटक(पटक श्रृंखलावद्ध ढंगले आक्रमण हुँदै आएको उल्लेख गरे । एमालेलाई सिध्याउनकै लागि २०५० सालमा मदन भण्डारीको षडयन्त्रपुवर्क हत्या गरिएको दावी गरे ।

    सम्बन्धित समाचार