Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    समाजवादी विद्यार्थी युनियनमा विवाद, बन्यो दुई समानान्तर प्रदेश समिति

    समाजवादी विद्यार्थी युनियनमा विवाद, बन्यो दुई समानान्तर प्रदेश समिति


    • सोमवार, मंसिर २७ २०७८

    • नेपाल वाइड


    समाजवादी विद्यार्थी युनियनमा विवाद, बन्यो दुई समानान्तर प्रदेश समिति
    समाजवादी विद्यार्थी युनियन प्रदेश अध्यक्ष बनाइएको भन्दै रविन खम्बू र अञ्जिलहाङ किरातीले धन्यवाद स्वरुप सामाजिक सञ्जालमा लेखेको स्टाटस ।

    खोटाङ, २७ मंसिर । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश नम्बर १ को गठनका क्रममा विवाद देखिएको छ । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश स्तरिय समिति समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको नेतृत्व चयनका क्रममा विवाद निम्तिएको हो ।

    विवादका कारण आइतबार इटहरीमा अञ्जिलहाङ किराती र रविन खम्बूको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियनको छुट्टाछुट्टै प्रदेश समिति गठन गरिएको छ । समानान्तर रुपमा गठन गरिएको दुई प्रदेश समितिका अध्यक्षले आ–आफ्नो समितिलाई आधिकारिक दावी गरिरहेका छन् । विद्यार्थी संगठनको प्रदेश समिति दुई चिरा पर्नुका पछाडि नेताकै गुटगत चरित्र कारण रहेको बताइएको छ ।

    conflict in socialist student union (province1) photo_khotang1.PNG

    समाजवादी विद्यार्थी युनियन प्रदेश अध्यक्ष बनाइएको भन्दै रविन खम्बू र अञ्जिलहाङ किरातीले धन्यवाद स्वरुप सामाजिक सञ्जालमा लेखेको स्टाटस ।

    कार्यदलले बनाएको आफ्नो समिति आधिकारिक भएको किरातीले दावी गरे । “अर्को समिति बन्यो रे भन्ने सुनेको हो । नेतृत्वको आकांक्षी थिए तर कार्यदलले बनाएको अध्यक्ष म हो,” उनले भने, “कार्यदलले जसलाई बनायो त्यो आधिकारिक हो ।” खम्बूले प्रदेशभरीका १४ जिल्लाको ८० प्रतिशत विद्यार्थीको प्रतिनिधित्व भएकाले आफ्नो समिति आधिकारिक भएको दावी गरे । “कार्यदलका केही नेताले छलफल र सम्वाद नै नगरी प्रदेश समिति बनाउनु भएको छ,” खम्बूले भने, “पार्टीका नेताहरुको रायमा ८० प्रतिशत विद्यार्थीको प्रतिनिधित्व हाम्रो समितिमा छ । आधिकारिक समिति हाम्रो हो ।” खम्बू र किराती दुबै खोटाङका हुन् ।

    खम्बूको अध्यक्षतामा ५९ सदस्यीय र किरातीको अध्यक्षतामा ५५ सदस्यीय समाजवादी विद्यार्थी युनियनको प्रदेश समिति गठन गरिएको छ । जनता समाजवादी प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङ, प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव, युनियनका केन्द्रीय उपाध्यक्ष एवम् समायोजन कार्यदलका सदस्य सुबास लाबुङ लगायतको उपस्थितिमा किरातीको अध्यक्षतामा प्रदेश समिति गठन गरिएको हो ।

    यस्तै, जनता समाजवादीका प्रदेश समिति सदस्य शिल्पा राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव प्रकाश चाम्लिङ, केन्द्रीय सचिव मनिष यादव लगायतको उपस्थितिमा खम्बूको अध्यक्षतामा प्रदेश समिति बनाइएको हो ।

    सम्बन्धित समाचार