Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा खम्बू

    समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा खम्बू


    • सोमवार, मंसिर २७ २०७८

    • नेपाल वाइड


    समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा खम्बू
    समाजवादी विद्यार्थी युनियनको प्रदेश पदाधिकारी लगायत ।

    खोटाङ, २७ मंसिर । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश नम्बर १ को अध्यक्षमा खोटाङका रबिन खम्बू चयन भएका छन् । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश कमिटि समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश समिति अध्यक्षमा खम्बू चयन भएका हुन् ।

    इटहरीस्थित जनता समाजवादी पार्टीको कार्यालयमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनको घोषणासँगै समाजवादी विद्यार्थी युनियनको ५९ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

    समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल, उपाध्यक्षहरुमा वरदान भरत राई, पवन राई, प्रज्ञा इजम लिम्बू, चन्द्र किराती, मिलन कोयी राई, टिएन सुब्बा र मिथिलेश यादव छन् । मुख्य सचिवमा कृष्ण गिरी चयन भएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ ।

    यस्तै, सचिवहरुमा मनोज यादव, परमेश्वर यादव, योगेन्द्र राई र सुबास राई तथा कोषाध्यक्षमा फुलन मण्डल चयन भएका छन् । खम्बू समाजवादी विद्यार्थी फोरम र गिरी नयाँ शक्ति विद्यार्थी युनियनबाट क्रमशः अध्यक्ष र बरिष्ठ उपाध्यक्ष बनाइएका हुन् ।

    जिल्लामा जुझारु छवि बनाएका खम्बूले प्रदेशभरी संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘कतिपय जिल्लामा संगठन नै बनेको छैन ।

    त्यस्तो जिल्लामा संगठन बनाउने, क्याम्पसहरुमा संगठन बनाउने अभियानमा लाग्ने छु,’ अध्यक्ष खम्बूले भने, ‘निष्कृय रहेका संगठनहरुलाई सक्रिय बनाउने र प्रदेशमा समाजवादी विद्यार्थी युनियनलाई शक्तिशाली विद्यार्थी संगठन बनाउने प्रतिवद्धता सहित काम गर्ने छु ।’

    जनता समाजवादीका प्रदेश समिति सदस्य शिल्पा राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव प्रकाश चाम्लिङ, केन्द्रीय सचिव मनिष यादव लगायतको उपस्थितिमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश कमिटि समायोजन गर्दै समाजवादी विद्यार्थी युनियनको नयाँ समिति बनाइएको हो ।

    सम्बन्धित समाचार