Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमाले प्रमुख सचेतक भट्टराई पोलिटव्यूरोमा समेटिए

    एमाले प्रमुख सचेतक भट्टराई पोलिटव्यूरोमा समेटिए


    • आइतवार, मंसिर २६ २०७८

    • नेपाल वाइड


    एमाले प्रमुख सचेतक भट्टराई पोलिटव्यूरोमा समेटिए
    फायल तस्बिर

    खोटाङ, २६ मंसिर । नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराई पोलिटव्यूरो सदस्यमा चयन भएका छन् । केही समयअघि चितवनमा सम्पन्न १० औं राष्ट्रिय अधिबेसनमा केन्द्रीय कमिटिमा नपरेका प्रमुख सचेतक भट्टराईलाई एमाले केन्द्रीय कमिटिको जारी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित लगत्तै ९९ सदस्यीय पोलिटव्यूरो सदस्यमा समेटिएका हुन् । प्रदेश नम्बर १ को अध्यक्ष दिनेगरी राष्ट्रिय अधिबेसनमा भट्टराईको नाम केन्द्रीय कमिटिमा नराखिएको भनिएको थियो ।

    कार्यव्यस्तता, निर्वाचन क्षेत्र र विकास निर्माणको कामले प्रदेशमा बसेर काम गर्न नसक्ने भनेपछि नेतृत्वले केन्द्रीय कमिटिमै मनोनित गरेको भट्टराईले बताए । “प्रदेशको अध्यक्षमा बस्ने सहमती भएको थियो ।

    कार्यव्यस्तता, निर्वाचन क्षेत्र, कामकाज र विकास निर्माणको कामले प्रदेशमा बसेर काम गर्न सक्दिन भनेको थिएँ, यतै ल्याउनु भयो,” भट्टराईले भने, “प्रदेश अध्यक्ष्मा संखुवासभाको तुलसी न्यौपानेलाई बनाउने भन्ने छलफल भइरहेको छ ।”

    प्रमुख सचेतकको नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा थरिथरिका टिकाटिप्पणी भएको थियो । कतिपयले उनको भूमीकालाई खुम्च्याउन खोजेको अर्थमा पनि बुझेका थिए । केन्द्रीय कमिटिमा नाम नआउँदा स्वयं भट्टराई असन्तुष्ट बनेको थिए ।

    एमालेले खोटाङकै रमेश पौडेललाई पनि केन्द्रीय कमिटिमा मनोनित गरेको छ । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटि अध्यक्ष हुन् । राष्ट्रिय अधिबेसनबाट जनजाती खुलाबाट खोटाङका खगेन्द्र राई र प्रदेश १ भूगोलबाट (महिला) उषाकला राई एमाले केन्द्रिय सदस्य चुनिएका थिए ।

    सम्बन्धित समाचार