Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्वाल

    नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्वाल


    • आइतवार, मंसिर २६ २०७८

    • नेपाल वाइड


    नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कट्वाल
    नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कट्वाल

    खोटाङ, २६ मंसिर । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कट्वाल चयन भएका छन् । संगठनको शनिबार सम्पन्न १२ औं जिल्ला अधिबेसनबाट कट्वाल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

    संगठनको उपाध्यक्षमा ईश्वरकुमार लम्साल र सर्मिला राई (लिम्बू), सचिवमा नविन चाम्लिङ, सह–सचिवमा निर्मला कार्की, कोषाध्यक्षमा दुर्वाशा भट्टराई र सह–कोषाध्यक्षमा मञ्जु आचार्य अधिकारी चयन भएका छन् ।

    अधिबेसनले मनकाजी राई, सविता ढकाल, कृष्णप्रसाद अधिकारी र केशरकुमार राईलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । अधिवेशन नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्मा र प्रतिनिधिसभा सदस्य एवं एमालेका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार उद्घाटन गरेका थिए ।

    सम्बन्धित समाचार