Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    माओवादी केन्द्रको विभागमा खोटाङका ७ नेताले पाए जिम्मेवारी

    माओवादी केन्द्रको विभागमा खोटाङका ७ नेताले पाए जिम्मेवारी


    • आइतवार, मंसिर २६ २०७८

    • नेपाल वाइड


    माओवादी केन्द्रको विभागमा खोटाङका ७ नेताले पाए जिम्मेवारी
    फायल तस्बिर

    खोटाङ, २६ मंसिर । नेकपा माओवादी केन्द्रले गठन गरेको विभिन्न विभागमा खोटाङका ७ नेताले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रले ३३ विभाग र एक प्रतिष्ठान गठन गरेकामा अर्थ तथा योजना विभाग सदस्यमा डा. चेतकुमारी गुरुङ, खानेपानी तथा सरसफाई विभाग सदस्यमा हेमबिक्रम राई, कानुन, न्याय तथा मानवअधिकार विभाग सदस्यमा प्रकाश राई, प्रादेसिक मामिला विभाग सदस्यमा डा. विष्णु राई चयन भएका छन् ।

    यस्तै, पार्टी स्कुल विभाग सदस्यमा दुर्गाजयन्ती राई, राष्ट्रिय सुरक्षा विभागमा तुलाराम राई र श्रम तथा रोजगार विभाग राजुबिक्रम चाम्लिङलाई जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

    सम्बन्धित समाचार