Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    आदिवासी जनजाती पत्रकार महासंघको अध्यक्षमा रामधन दोहोरिए

    आदिवासी जनजाती पत्रकार महासंघको अध्यक्षमा रामधन दोहोरिए


    • शनिवार, मंसिर २५ २०७८

    • नेपाल वाइड


    आदिवासी जनजाती पत्रकार महासंघको अध्यक्षमा रामधन दोहोरिए
    फोनिज खोटाङको अध्यक्षमा निर्वाचित रामधन राईलाई प्रमाणपत्र हस्तान्तरण गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा ।

    खोटाङ, २५ मंसिर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) खोटाङको अध्यक्षमा रामधन राई दोहोरिएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सम्पन्न चौथो जिल्ला अधिबेसनले राईको अध्यक्षतामा १५ सदस्यीय आदिवासी जनजाती पत्रकार महासंघको जिल्ला कार्य समिति गठन गरेको छ ।

    राई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, सचिवमा सञ्जिव राई, सह–सचिवमा उमेश भुजेल र कोषाध्यक्षमा एल्जिना राई चयन भएका छन् ।

    फोनिजको सदस्यमा कृष्णकला राई, असल चरित्र राई, सुनिल श्रेष्ठ, जीवन राई, पूजा राना, जीवन राना, कला राई, तजिना राई, प्रवीण राई र कोसीकुमार राई चयन भएका छन् ।

    प्रदेश प्रतिनिधिमा खिलन राई, कृष्णकला राई र सुदीप राई तथा केन्द्रीय प्रतिनिधिमा सुर्य तामाङ, संगीता राई र टिवन राई चयन भएका छन् ।

    फोनिजका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्यता एवं नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाको विशेष आतिथ्यतामा अधिबेसन सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार