बिहिवार, मंसिर २३ २०७८
नेपाल वाइड
खोटाङ, २३ मंसिर । खोटाङका कांग्रेस नेता रविप्रकाश राईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला अधिबेसनबाट संघीय महाधिबेसन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिबेसनमा आदिवासी जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।
संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्नेगरी जिल्ला सभापतिको दौडबाट ‘व्याक’ भएका थिए । नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार पनि हुन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँग नजिक भएका कारण उनको केन्द्रीय सदस्यमा निर्वाचित हुने सम्भावना बलियो रहेको बताईन्छ । हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् ।