Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    २३ वर्षमै कांग्रेसको संघीय महाधिबेसन प्रतिनिधि

    २३ वर्षमै कांग्रेसको संघीय महाधिबेसन प्रतिनिधि


    • सोमवार, मंसिर २० २०७८

    • नेपाल वाइड


    २३ वर्षमै कांग्रेसको संघीय महाधिबेसन प्रतिनिधि
    कांग्रेसका संघीय महाधिबेसन प्रतिनिधि राकेश परियार, जिल्ला सदस्य गोमा राई र अनुस्का बस्नेत । तस्बिर : नेपालवाईड डटकम

    खोटाङ, २० मंसिर । पार्टीको महत्वपूर्ण पदमा पुग्नका लागि केश फुलाउने कैयौं नेता तथा कार्यकर्ता छन् । विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् कतिपय असफल । कतिपय चाहेको पदमा नपुग्दै राजनितीबाट किनारा लाग्न पुग्छन् ।

    नेतृत्वमा पुग्ने दौडमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २३ वर्षीय राकेश परियारले भने आफुभन्दा ‘सिनियर’लाई पछि पारेका छन् । कलिलो उमेरमै परियारले कांग्रेसको संघीय महाधिबेसन प्रतिनिधिको जिम्मेवारी पाएका छन् ।

    आफैले नेता मान्दै आएका दा(दाईहरु)लाई उनले उछिनेका छन् । २९ बैसाख २०५५ मा जन्मिएका राकेशलाई राजनितीमा डोर्‍याउने नेता नै पछि परेका छन् । कांग्रेस खोटाङको सातौं जिल्ला अधिबेसनमा उनले ५९६ मत ल्याउँदा उनका प्रतिष्पर्धीले ३६१ मत मात्र पाएको थियो ।

    खोटाङबाट कांग्रेसका २५ जना संघीय महाधिबेसन प्रतनिधि निर्वाचित भएका छन् । त्यसमध्येका कान्छो संघीय महाधिबेसन प्रतिनिधिको इतिहास बनेका छन् राकेश ।

    क्रियासिल सदस्यता लिएको दशकौंसम्म पनि संघीय महाधिबेसन प्रतनिधि हुने कतिपयको सपना अपुरो छ । तर राकेशले पार्टीको क्रियासिल सदस्यता लिएकै वर्ष संघीय महाधिबेसन प्रतनिधिमा फड्को मारेका हुन् ।

    स्थानीय तहको निर्वाचन अघि उनी तरुण दलको हलेसी तुवाचुङ नगर समितिका सह–सचिव बनेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।

    त्यसपछि कांग्रेस निकट दलित संघको जिल्ला सदस्य, नेविसंघका जिल्ला सदस्य र वर्ष दिनअघि तरुण दल दलित तथा विपन्नको केन्द्रिय सदस्य बनेका थिए । ‘पार्टीमा लामो समयदेखि खट्दै आएको थिएँ । ५ वर्षअघि तरुण दलको नगर समितिमा संगठित भएर राजनीतिमा औपचारिक प्रवेश गरेको हुँ,’ परियारले भने, ‘पार्टी राजनीतिका माध्यमबाट सिंगो दलित समुदायको उन्नतीका लागि पसिना बगाउने सोचमा छु ।’

    जिम्मेवारीका हिसावले उनी कतिपय अग्रज नेताभन्दा माथि उक्लेका छन् । आफुले नेता मान्दै आएका अग्रजभन्दा अगाडिको वरियतामा उपस्थिति जनाउनुपर्ने अवस्थामा उनलाई अप्ठ्यारो लाग्छ । कार्याकर्ता मान्दै आएका राकेशलाई आफुभन्दा माथिल्लो वरियतामा देख्दा कतिपय अग्रजलाई पनि अप्ठ्यारो परेको देख्न सकिन्छ ।

    यस्तै, २१ वर्षीय अनुस्का बस्नेत कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । सदस्य खस आर्य महिलातर्फ ६०१ मत ल्याएर बस्नेत जिल्ला सदस्य चुनिएकी हुन् ।

    यस्तै, २४ वर्षीया गोमा राई पनि केपिलासगढी गाउँपालिकाको महिलातर्फवाट जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । गोमाले ५२९ मत ल्याएर जिल्ला सदस्य चुनिएकी हुन् । बस्नेत ७ पुस २०५७ र राई ७ कात्तिक २०५४ मा जन्मिएकी हुन् ।
    कांग्रेस, एमाले र माओवादी केन्द्रको अधिबेसनले युवाको बलियो उपस्थिति देखाएको छ ।

    सम्बन्धित समाचार