सोमवार, मंसिर २० २०७८
नेपाल वाइड
खोटाङ, २० मंसिर । खोटाङमा भरुवा बन्दुक सहित एक युवा पक्राउ परेका छन् । प्रहरीले अवैध भरुवा बन्दुक सहित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राईलाई पक्राउ गरेको हो ।
घरमा अवैध रुपमा भरुवा बन्दुक राखेको गोप्य सूचनाको आधारमा राईलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए ।
राईको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको गोली २ थान र केप ८५ थान फेला परेको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
राई विरुद्ध अवैध हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक शाहले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।