सोमवार, मंसिर २० २०७८
नेपाल वाइड
खोटाङ, २० मंसिर । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा विभिन्न पार्टी त्याग गर्दै १४ जना एमाले प्रवेश गरेका छन् । आइतबार आयोजित युवा संघ गठन तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र जसपा त्याग गर्दै उनीहरु एमाले प्रवेश गरेका हुन् ।
कांग्रेसका क्रियासिल सदस्य जगत सुनुवार (बाक्सिला), रामसोर राई, रामधन राई, नरहाङ राई, तिरीचन्द्र राई, देउराज राई, देवान राई, सविन राई, उदेश राई, उत्रमनी राई, लक्ष्मी राई, आइटम राई (बालाबेँसी), दिगम्बर राई र जनता समाजवादीका क्रियासिल सदस्य भाइराजा राई पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । उनीहरुलाई एमाले जिल्ला कमिटि सदस्य एबं केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले प्रमुख आतिथिकारुपमा पार्टीमा स्वागत गरेका छन् ।