Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी

    कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी


    • सोमवार, मंसिर २० २०७८

    • नेपाल वाइड


    कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी
    कांग्रेस प्रदेश १ सभापतिमा विजयी उद्धव थापा

    विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । संस्थापन इतर पक्षका प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा प्रदेश सभापतिमा विजयी भएका हुन् ।

    आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापाले ८४४ मत र घिमिरेले ८४२ मत पाएका छन । १ हजार ४०० मत गणना सकिँदासम्म अगाडि रहेका घिमिरे अन्तिममा २ मतले उपविजेता बनेका हुन् ।

    थापा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा–पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहको तर्फबाट तथा घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल–नेता शेखर कोईराला समुहकोतर्फबाट प्रदेश सभापतिमा उठेका थिए । प्रदेश सभापतिमा निर्वाचित थापा कांग्रेस झापाका पुर्वसभापति हुन् भने घिमिरे कांग्रेस केन्द्रिय सदस्य तथा नपाल विद्यार्थी संघका पुर्वअध्यक्ष हुन् ।

    प्रदेश पदाधिकारीमध्ये एक बाहेक सवै थापा प्यानलका उम्मेद्वार विजयी भएका छन् । उपसभापतिमा टंकप्रसाद राई (८४७) र रमेशजङ्ग रायमाझी (८९१) विजयी भएका छन् । महासचिवमा उमेश थापा (८२३) र भूपेन्द्र राई (८२४) विजयी भएका छन् । महासचिव थापा घिमिरे प्यानलबाट विजयी भएका हुन् ।

    यस्तै, सह–महामन्त्री (महिला)तर्फ प्रमिलाकुमारी गच्छेदार (८३७), सह–महामन्त्री (खुल्ला)तर्फ खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन् ।

    अन्य पदको मत गणना जारी छ । कुल १ हजार ८ सय ४ मत रहेको प्रदेश निर्वाचनमा १ हजार ७५३ मत खसेको थियो । यद्यपी, घिमिरे पक्षले पुःन मत गणनाको माग गरेको छ ।

    पदाधिकारीमा कसले कति मत पाए ?

    सभापति
    उद्धव थापा ८४४
    गुरुराज घिमिरे ८४२
    उपसभापति
    गोबिन्दप्रसाद ढुंगाना ७६५
    टंकप्रसाद राई ८४७
    रमेशजङ्ग रायमाझी ८९१
    बिश्वनाथ रिजाल ६६९
    महामन्त्री
    उमेश थापा ८२३
    दिपनकुमार श्रेष्ठ ७६४
    पद्मसुन्दर पालुङ्वा ८०७
    भूपेन्द्र राई ८२४
    सह–महामन्त्री (महिला)
    प्रमिलाकुमारी गच्छेदार ८३७
    सीता कार्की ७३३
    सह–महामन्त्री (खुल्ला)
    खड्ग फागो १०२६
    रोहितकुमार शाह ६६५
    विनोदकुमार बस्नेत ७४७
    वीरकाजी राई ६४७
    शुभचन्द्र राई ८४

    सम्बन्धित समाचार