Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा माओवादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको अध्यक्षमा गजेन्द्र

    नेकपा माओवादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको अध्यक्षमा गजेन्द्र


    • आइतवार, मंसिर १९ २०७८

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको अध्यक्षमा गजेन्द्र
    नेकपा माओवादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समन्वय समितिका नवनिर्वाचित पदाधिकारी । तस्बिर सौजन्य : राजुबिक्रम चाम्लिङ

    खोटाङ, १९ मंसिर । नेकपा माओवादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । शनिबार काठ्माण्डौंमा सम्पन्न चौथो सम्मेलनबाट राईको अध्यक्षतामा ५५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गरिएको छ ।

    सम्पर्क समन्वय समितिको उपाध्यक्षमा मुना राई, तेज राई र दुर्गाप्रसाद भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन भएका छन् ।

    सह–सचिव भने पछि मनोनयन गर्नेगरी हाललाई रिक्त राखिएको नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटिका अध्यक्ष राजुबिक्रम चाम्लिङले बताए । सम्मेलन नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष एवं पुर्वसांसद टंक राईले उद्घाटन गरेका थिए ।

    सम्बन्धित समाचार