Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पर्यटन मन्त्री आले भन्छन् ‘चुनाव जितेर देखाइन्छ, गठबन्धन रहन्छ’

    पर्यटन मन्त्री आले भन्छन् ‘चुनाव जितेर देखाइन्छ, गठबन्धन रहन्छ’


    • आइतवार, मंसिर १९ २०७८

    • शिवप्रसाद ढुंगाना


    पर्यटन मन्त्री आले भन्छन् ‘चुनाव जितेर देखाइन्छ, गठबन्धन रहन्छ’
    मन्त्री प्रेमकुमार आले ।

    ओखलढुंगा । सांस्कृतिक पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेमकुमार आलेले नेकपा एककिकृत समाजवादीले जसरी पनि चुनाव जित्ने दावी गरेका छन् । मन्त्री आलेले गफ होइन जनताले थाहा पाउने गरी काम गरेर मन जितेरै चुनाव समेत जित्ने दावी गरेका हुन् ।

    नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चर्तुदशी मेला महोट्टसव उद्घाटन गर्दै यस्तो बताए । उनले चुनावसम्मै वर्तमान गठबन्धन रहने र जनताको मन जित्ने गरि काम गरेर चुनाव जित्ने भन्दै भने, ‘समाजवादीले चुनाव जितेर देखाउँछ, मै जितेर देखाउँछु ।’

    मेला महोत्सवमा आलेले देशको पर्यटन विकासका लागि बजेट प्रबन्ध गर्ने बताउँदै पर्यटन क्षेत्रको दिर्घकालीन विकासका लागि स्वरोजगारलाई ध्यान दिएर मात्र योजनाहरु सञ्चालन हुनु पर्नेमा जोड दिए । रोजगारी सृजना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन नसक्ने उनको भनाइ छ ।

    महोत्सव उद्घाटनपछि सम्बोधनका क्रममा मन्त्रीले आफुले थुप्रै सुधारका काम थालेको पनि बताए । कौडीको भाउमा बेचिन लागेको नेपाल एअरलाइन्स जोगाएको पनि दावी गरे । विमानस्थलमा यात्रुमाथि भइरहेको ठगी रोक्न निशुल्क ट्याक्सीको व्यवस्था आफुले गरेर सुधारका काम थालेको मन्त्री आलेको भनाइ छ ।

    वदेश जानेहरुका लागि पीसिआर परीक्षण २ हजारबाट १ हजार २ सय तोकिएको पनि उनले उल्लेख गरे । ओखलढुंगाको लिखु स्थित वडा नं. ६ माटेमा रहेको प्रथम माटेबेसी शिद्धेश्वर महादेव मन्दिरलाई धार्मीक पर्यटकीय स्थलका रुपमा विकास गर्न बजेट दिने पनि घोषणा गरे । महोत्सव उद्घाटन पछि मन्त्री आले हेलिकोप्टरबाट राजधानी फर्किएका छन् ।

    सम्बन्धित समाचार