Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कांग्रेसबाट निर्वाचित वडा सदस्य एमाले प्रवेश

    कांग्रेसबाट निर्वाचित वडा सदस्य एमाले प्रवेश


    • बिहिवार, मंसिर १६ २०७८

    • नेपाल वाइड


    कांग्रेसबाट निर्वाचित वडा सदस्य एमाले प्रवेश
    खार्ताम्छामा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम ।

    खोटाङ, १६ मंसिर । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा कांग्रेसबाट निर्वाचित वडा सदस्य देउमान राई एमाले प्रवेश गरेका छन् । बुधबार एमालेले खार्ताम्छामा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वडा सदस्य सहित विभिन्न पार्टीका १८ जना कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले जिल्ला कमिटि सदस्य एबं केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले खादा ओढाएर अबिर लगाएर स्वागत गरेका छन् ।

    कांग्रेसका क्रियासिल सदस्य एवं पुर्व वडा सचिव प्रदीप राई, क्रियासिल सदस्य किशोर राई, जय राई, सञ्जिव राई, बलिराज बिक, नीरकुमार राई, युवराज राई, रमेश बिक, बाबुराम राई, माओवादी केन्द्रका वडा सदस्यका प्रत्यासी मैनाहिरा राई, जसपाका मायाँलक्षी राई, इमानसिं राई, नवराज राई, सप्तराज राई, मायाँ राई, रहरमनी राई र सावित्रा राई पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

    सम्बन्धित समाचार