Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    बिशाल भट्टराईको नाम एमाले केन्द्रीय कमिटिमा किन अटेन ?

    बिशाल भट्टराईको नाम एमाले केन्द्रीय कमिटिमा किन अटेन ?

    नेपाली राजनीतिमा मेरो सानो–ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोहि चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु : भट्टराई

    • सोमवार, मंसिर १३ २०७८

    • नेपाल वाइड


    बिशाल भट्टराईको नाम एमाले केन्द्रीय कमिटिमा किन अटेन ?
    चितवनमा जारी एमालेको अधिबेसनमा राष्ट्रिय झण्डा फहराउँदै बिशाल भट्टराई । (तस्बिर : फेसबुकबाट लिइएको हो ।)

    खोटाङ, १३ मंसिर । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई नेकपा एमाले अध्यक्ष केपी ओली निकट हुन् । अध्यक्ष ओलीको बिश्वास पात्र भएकै कारण भट्टराईले एमालेका प्रमुख सचेतकको भूमीका पाएका छन् । चितवनमा जारी एमालेको १० औं राष्ट्रिय अधिबेसनमा अध्यक्ष ओलीले आइतबार राती सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम देखिएनन् ।

    प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अक्कलवाजी भए/भइरहेका छन् । सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन् । ओलीसँग नजिक र बिश्वास गरेको व्यक्ती भएकै कारण भट्टराई केन्द्रीय कमिटिमा सकेसम्म रोजेको पदमा पुग्ने अनुमान थियो ।

    भट्टराईलाई राष्ट्रिय राजनितीबाटै ओझेलमा पार्ने षडयन्त्र गर्न खोजिएको हो की भन्ने आशंका उठिरहेकै सन्दर्भमा भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी दिनेगरी आफ्नो नाम केन्द्रीय कमिटिमा नाम नराखिएको प्रष्ट्याएका छन् । सोमबार राती सामाजिक सञ्जालमार्फत भट्टराईले थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा लाग्ने जानकारी दिएका छन् ।

    श्रोतका अनुशार नेतृत्वले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने तयारी गरेको छ । “खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ ।

    म यसै पनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,” उनले लेखेका छन्, “यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन । नेपाली राजनीतिमा मेरो सानो–ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोहि चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।” एकथरीले आफ्नो नाम केन्द्रीय कमिटिमा नआएकोमा खुसी वा ठिक्क पर्‍यो वा ब्यङ्ग्यात्मक टिप्पणी गरेको भट्टराईले उल्लेख गरेका छन् ।

    सम्बन्धित समाचार