Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व

    खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व


    • आइतवार, मंसिर १२ २०७८

    • नेपाल वाइड


    खोटाङका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व
    नेकपा माओवादी केन्द्रको साकेला गाउँपालिका सम्मेलनमा सहभागी ।

    खोटाङ, १२ मंसिर । खोटाङका १० वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको पालिका कमिटि गठन गरिएको छ । शनिबार अबेर सम्पन्न पालिका÷नगर सम्मेलनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा माओवादी केन्द्रको सर्वसम्मत पालिका कमिटि गठन गरेको हो । माओवादी केन्द्रको अधिकांश पालिका कमिटिमा युवाको बर्चस्व स्थापित भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विसन राईको अध्यक्षतामा माओवादी केन्द्रको ६५ सदस्यीय नगर कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा खगेन्द्र राई, उमेशचन्द्र राई र ध्रुवादेबी राई, सचिवमा जमानसेर राई (युगसन किरात), सह–सचिवमा दिपेन्द्र राई र कोषाध्यक्ष रामकुमार हिङमाङ चयन भएका छन् । विसन अध्यक्षमा दोहोरिएका हुन् ।

    माओवादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकामा राजुबिक्रम चाम्लिङलाई अध्यक्ष चयन गरेको छ । नगर कमिटिको उपाध्यक्षमा प्रदिप राई (माईला), प्रमोद गिरी र कन्ठ कार्की, सचिव रमिला वस्नेत, सह–सचिव गन राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन भएका छन् । यसअघि नगर सम्मेलन आयोजक कमिटिको अध्यक्ष बनाइएका चाम्लिङ प्रथम नगर सम्मेलनबाट अध्यक्षमा चुनिएका हुन् ।

    साकेला गाउँपालिकामा अर्जुन खड्का झंकारको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटि गठन गरिएको छ । उपाध्यक्षमा बिर्सिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नविनकुमार राई, सह–सचिवमा धनकुमार राई र कोषाध्यक्षमा उन्नत राई चयन भएको माओवादी केन्द्रले जनाएको छ । खड्का साकेला गाउँपालिका अध्यक्ष पनि हुन् ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय पालिका कमिटि गठन गरिएको छ । उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सह–सचिवमा रमेश थुलुङ र कोषाध्यक्ष चमेली बिक चयन भएका छन् ।

    केपिलासगढी गाउँपालिकामा रुद्र राईको अध्यक्षतामा पालिका कमिठि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा रामकाजी राई, कुमार परियार र बिष्णुकुमार राई, सचिवमा लक्ष्मण साम्पाङ (समिप), सह–सचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रले दिपेन राईको अध्यक्षतामा पालिका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा धनबहादुर महाराजी, शुशिला राई र इन्द्रहाङ किराती, सचिवमा बशन्त राई, सह–सचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चुनिएका माओवादी केन्द्र खोटाङ संयोजक देवान किराती पृथ्बीले बताए ।

    यस्तै, जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्षमा बद्री राई चयन भएका छन् । उपाध्यक्षमा देबीमायाँ राई, खड्गबहादुर राई, सचिवमा नइन्द्र राई र सह–सचिवमा नेत्रकुमार श्रेष्ठ चयन भएका छन् ।

    रावाबेँसी गाउँपालिकामा रामबहादुर राई (बाबुराम)को अध्यक्षतामा पालिका कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिवमा उदिम चाम्लिङ राई, सह–सचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कट्वाल चयन भएका छन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटि विस्तार गरिएको छ । पालिका कमिटिको उपाध्यक्षमा खड्गबहादुर तामाङ (प्रेम), किसान राई र नैनकुमारी खत्री, सचिवमा दिपक पौडेल, सह–सचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन भएका छन् ।

    बराहपोखरी गाउँपालिका अध्यक्षमा युवराज मगर, उपाध्यक्षमा तारा राई, राजन राई, कमला राई, सचिवमा अर्जुन तामाङ, सह–सचिवमा धुर्बजित राई र कोषाध्यक्ष गणेश परियार चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

    सम्बन्धित समाचार