Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    अरव जाने नौजवानलाई रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा : खापुङ

    अरव जाने नौजवानलाई रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा : खापुङ


    • शुक्रवार, मंसिर १० २०७८

    • नेपाल वाइड


    अरव जाने नौजवानलाई रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा : खापुङ
    शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख परशुराम खापुङ

    खोटाङ, १० मंसिर । प्रदेश नम्बर १ को प्रदेश प्रमुख परशुराम खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरव जाने नौजवानहरुलाई स्वदेशमै रोक्न सकिने बताएका छन् ।

    शुक्रबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र प्राक्टिकल शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवानहरु अरव जान बन्द हुने स्थिति आउने बताएका हुन् ।

    शुभद्रा मदन फाउण्डेसनको बैकल्पिक शिक्षा अभियान देशको भविष्य, जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङको भनाई थियो ।

    ‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ । यत्ती कुरा नेपालीले सिक्यौं भने जान्यौं भने नौजवानहरु अरव जान बन्द हुने स्थिति आउँछ ।

    मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भने, ‘ग्लोवलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय हुन सक्छ । तर हामीले प्रयास गर्‍यौं भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्या हुन सक्छ ।’

    प्रदेश प्रमुख खापुङले सोल्मामा शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन र होमस्टे उद्घाटन गरेका छन् । शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टर समेत सञ्चालनमा ल्याइएको शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए ।

    शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको छ । सोही नजिक पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो ।

     होमस्टे र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक कृषिविज्ञ मदन राईले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार