Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस खोटाङको अधिबेसन सकियो, सभापतिमा बिष्णुकुमार राईको प्यानल नै विजयी

    कांग्रेस खोटाङको अधिबेसन सकियो, सभापतिमा बिष्णुकुमार राईको प्यानल नै विजयी


    • शुक्रवार, मंसिर १० २०७८

    • नेपाल वाइड


    कांग्रेस खोटाङको अधिबेसन सकियो, सभापतिमा बिष्णुकुमार राईको प्यानल नै विजयी
    कांग्रेस खोटाङको नवनिर्वाचित सभापति बिष्णुकुमार राई ।

    खोटाङ । १० मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा बिष्णुकुमार राई निर्वाचित भएका छन् । कांग्रेसको सातौं जिल्ला अधिबेसन अन्तरगत भएको मतदानको अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढि मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

    मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणाम अनुसार बिष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेश्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवशर पाएका हुन् । पौडेल समुहसँग निकट राईका सिंगो प्यानल नै विजयी भएका छन् ।

    नवनिर्वाचित सभापति राई कांग्रेसका पुर्वसभापति एवं महासमिति सदस्य हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनितीमा प्रबेश गरेका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिबेसनबाट पार्टीको सभापति चुनिएका थिए ।

    यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिबेसन प्रतिनिधि बनेका राई २०७२ सालमा महासमिति सदस्य बनेका थिए । कानूनमा स्नातक उनी ६ असार २०४९ देखि ५ वर्ष तत्कालिन जिल्ला बिकास समिति खोटाङको सभापति बनेका थिए ।

    साहित्यमा उनी बिष्णु आभूषणका रुपमा चिनिन्छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् ।

    राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तिर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् ।

    यस्तै, सह–सचिवमा सार्जन राईले ६२४ मत र शालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार