Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस खोटाङको स्थगित मत गणना सुचारु

    कांग्रेस खोटाङको स्थगित मत गणना सुचारु


    • शुक्रवार, मंसिर १० २०७८

    • नेपाल वाइड


    कांग्रेस खोटाङको स्थगित मत गणना सुचारु
    कांग्रेस पार्टी कार्यालयमा मतगणना गरिदै ।

    खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको स्थगित मत गणना करिब १४ घण्टापछि सुचारु भएको छ । जिल्ला कार्य समितिको पदाधिकारीको मत गणनाका क्रममा बिहिबार राती सभापतिका उम्मेद्वार सर्वधन राई समुहले डिस्कलर्ड (रंग उँडेको) मतपत्र भेटिएको भन्दै विवाद गरेपछि मत गणना रोकिएको थियो ।

    डिस्कलर्ड मतपत्रका विषयमा विवाद सुरु गरेका राई पक्षले जिल्ला निर्वाचन अधिकृतको कार्यालय समक्ष असहमतीको निवेदन नै दर्ज गरेका थिए । विवादका कारण मत गणनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।

    हार्ने निश्चित भएपछि धाँधली भएको भन्दै विवाद निकालिएको अर्को पक्षको दावी छ । कडा सुरक्षा व्यवस्थाका साथ दिक्तेलस्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रबार दिउँसो १ बजेभन्दा केही समयअघि देखि मत गणना सुचारु गरिएको हो । ७ मंसिरमा भएको मतदानका क्रममा १ हजार ३२२ मत खसेकामा १ हजार १०० मत गणना भइसकेको छ ।

    २२२ मत गन्न बाँकी रहँदा सभापतिका उम्मेद्वार बिष्णुकुमार राई ८० मतले अगाडि देखिएका छन् । पुर्व सभापति रहेका विष्णुकुमारले ५७१ मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री रहेका सर्वधन राईले ४९१ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिष्णुकमारको प्यानलले नै अग्रता कायम राखेको छ । सभापतिका उम्मेद्वार बिष्णुकुमार पौडेल र सर्वधन देउवा निकट मानिन्छन् ।

    सम्बन्धित समाचार