बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्वसभापति बिष्णुकुमार राईको अग्रता कायम छ । १ हजार मत गणना सकिँदा पुर्वसभापति राई पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ७७ मतले लिड गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार पुर्वसभापति राईले ५२० मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले ४४३ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्णुकुमारका प्यानल नै अगाडि देखिएको छ ।
खसेको मत १३२२ ।
हालसम्म गणना भएको मत १०००।
सभापति
बिष्णुकुमार राई ५२०
सर्वधन राई ४४३
उपसभापति
इवन राई ५६९
तिर्थराज भट्टराई ५७१
मनोज तिम्सिना ४०२
राजन शैंजू २८६
सचिव
रामकुमार राई साम्पाङ ३९७
रोजन राई ४०८
समिर राई ५२०
ज्ञानेन्द्र जोशी ४७६
सहसचिव
ध्यानबहादुर राई ४१८
राजकुमार राई ४२८
सार्जन राई ४७१
शालिकराम बञ्जरा ४५३