बिहिवार, मंसिर ९ २०७८
नेपाल वाइड
खोटाङ । ९ मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्वसभापति बिष्णुकुमार राई २४ मतले अघि बढेका छन् । ६०० मत गणना सकिँदा पुर्वसभापति राई पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा २४ मतले अघि बढेका हुन् ।
दिउँसो ४.०० बजेसम्ममा पुर्वसभापति राईले ३०१ मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले २७७ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहिबार बिहानदेखि कांग्रेस पार्टी कार्यालयमा मत गणना जारी छ । प्रत्येक सय मत गणनापछि नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । मतदानमा १ हजार ३२२ मत खसेको थियो ।
जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पुर्व राज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पुर्व सभापति राई आमनेसामने भएका हुन् । पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राई र पुर्व सभापति राई बीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।