Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस खोटाङ : बिष्णुकुमार राई ७ मतले अघि

    कांग्रेस खोटाङ : बिष्णुकुमार राई ७ मतले अघि


    • बिहिवार, मंसिर ९ २०७८

    • नेपाल वाइड


    कांग्रेस खोटाङ : बिष्णुकुमार राई  ७ मतले अघि
    कांग्रेस पार्टी कार्यालयमा मतगणना गरिदै ।

    खोटाङ । ९ मंसिर, नेपाली कांग्रेस खोटाङको सभापतिमा पुर्वसभापति बिष्णुकुमार राई ७ मतले अघि बढेका छन् । ५०० मत गणना सकिँदा पुर्वसभापति राई पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ७ मतले अघि बढेका हुन् ।

    दिउँसो ३.२० बजेसम्ममा पुर्वसभापति राईले २४४ मत पाउँदा पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राईले २३७ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुर्व राज्यमन्त्री राई र पुर्वसभापति राईबीच झिनो मतान्तरले अगाडि–पछाडि भइरहेको देखिएको छ ।

    बिहिबार बिहानदेखि कांग्रेस पार्टी कार्यालयमा मत गणना जारी छ । प्रत्येक सय मत गणनापछि नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । मतदानमा १ हजार ३२२ मत खसेको थियो ।

    जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पुर्व राज्यमन्त्री राई र रामचन्द्र पौडेल निकट पुर्व सभापति राई आमनेसामने भएका हुन् । पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री राई र पुर्व सभापति राई बीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

    सम्बन्धित समाचार