Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    केपिलासगढी र हलेसीमा नेकपा (एस)को पालिका कमिटि गठन

    केपिलासगढी र हलेसीमा नेकपा (एस)को पालिका कमिटि गठन


    • बिहिवार, मंसिर ९ २०७८

    • नेपाल वाइड


    केपिलासगढी र हलेसीमा नेकपा (एस)को पालिका कमिटि गठन
    शपथ खाँदै नेकपा (एस)का केपिलासगढी गाउँपालिका कमिटिका पदाधिकारी लगायत । तस्बिर सौजन्य : माईतीराज राई

    खोटाङ । ८ मंसिर, खोटाङको केपिलासगढी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीको पालिका कमिटि गठन गरिएको छ । मिलनचन्द्र राईको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ८५ सदस्यीय पालिका कमिटि गठन गरिएको हो ।

    पालिका कमिटिको उपाध्यक्षमा डम्बरबहादुर अधिकारी, लिलाबहादुर राई र टिकामायाँ राई, सचिवमा सविन राई, सह–सचिवमा मिलनकुमार राई, रेवाधन लिम्बू र डम्बर राई तथा कोषाध्यक्ष सरला राई चयन भएका छन् ।

    यस्तै, युवराज राईको अध्यक्षतामा २५ सदस्यीय आदिवासी जनजाती महासंघ पालिका कमिटि गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिवालय सदस्य एबं युवा तथा खेलकुद विभाग प्रमुख माईतीराज राईले जानकारी दिए ।

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं खोटाङ सह–ईन्चार्ज बिरवलकाजी राई, प्रदेश कमिटि सदस्य उदयबहादुर कार्की र प्रदेश समन्वय कमिटिका सदस्य बज्रकुमार राईको उपस्थितिमा पालिका कमिटि तथा आदिवासी जनजाती महासंघको पालिका कमिटि गठन गरिएको हो ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा मकर राईको अध्यक्षतामा ५१ सदस्यीय नेकपा (एकीकृत समाजवादी)को नगर कमिटि गठन गरिएको छ । नगर कमिटिको उपाध्यक्षमा दिनेश दाहाल र चाँचरी राई, सचिवमा मधु दाहाल, सह–सचिवमा रमेश खड्का र कोपिला राई चयन भएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य कुलप्रसाद शर्मा फुयाँल, जिल्ला उपाध्यक्ष अकिल राई लगायतको उपस्थितिमा नगर कमिटि गठन गरिएको हो । १० स्थानीय तह रहेको जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

    हालसम्म बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका पालिकामा कमिटि विस्तार गरिसकिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला इन्चार्ज बबी चाम्लिङले बताए ।

    सम्बन्धित समाचार