Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साईकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साईकल

    साईकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साईकल


    • बुधवार, मंसिर ८ २०७८

    • नेपाल वाइड


    साईकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साईकल
    सिलिचुङको टपमा साइकल यात्री तेजप्रसाद पराजुली । तस्बिर सौजन्य : रमेश राई

    खोटाङ । ८ मंसिर, मुन्दुम ट्रेल (मुन्दुम मार्ग)को प्रवद्र्धनका लागि साईकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले सिलिचुङ टपमा साईकल पु¥याएका छन् । गत बैसाखमा मुन्दुम ट्रेल अन्तरगत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साईकल यात्री पराजुली भिर/पहरा छिचोल्दै सिलिचुङको शिखरमा साईकल पुर्‍याउन सफल भएका हुन् ।

    साईकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेलदेखि ट्रेकिङ र साइकलमार्फत हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गरेर सिलिचुङको शिखरमा साईकल पुर्‍याएको मुन्दुम ट्रेलका प्रवद्र्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र (एमटिएसएसटिसिपी)का अध्यक्ष रमेश राईले जानकारी दिए ।

    पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साईकल पुर्‍याउने पहिलो साईकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बिचमा रहेको छ ।

    cycle reached at silichung photo1.jpg

    साल्पा पोखरी नजिकै स्थापना गरिएको साल्पा स्तम्भ । तस्बिर सौजन्य : रमेश राई

    खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचार–प्रसारमा झापा चन्द्रगढीका साईकल यात्री पराजुली पनि चासोका साथ लागिपरेका छन् ।

    मुन्दुम ट्रेलको मूख्य गन्तव्यका रुपमा रहेको साल्पा पोखरी नजिकै ‘साल्पा स्तम्भ’ उद्घाटन गरिएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले तयार पारेको डिपिआर अनुसार सालपा कल्याणकारी कोषको लगानीमा निर्माण गरिएको स्तम्भ पुर्वसांसद एबं सालपा विकास बैंक खोटाङका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् ।

    मुन्दुम ट्रेलका प्रवद्र्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवद्धन केन्द्र (एमटिएसएसटिसिपी)का अध्यक्ष राईको संयोजनमा ‘साल्पा स्तम्भ’ निर्माणको सुरुदेखि अन्तिमसम्मको काम सम्पन्न भएको हो । प्राज्ञ नारदमनी हार्तम्छालीले सो स्तम्भको डिजाईन तथा स्थलगत निर्माण गरेका हुन् ।

    स्तम्भ उद्घाटन कार्यक्रममा साल्पा सिलिछो गाउँपालिका–५ का वडाध्यक्ष शिवकुमार राई, साल्पा सिलिचुङ प्रवद्र्धन तथा विकास समितिका अध्यक्ष श्रीकुमार राई लगायतले सम्बोधन गरेका थिए ।

    cycle reached at silichung photo2.jpg

    साल्पा पोखरी नजिकै स्थापना गरिएको साल्पा स्तम्भ । तस्बिर सौजन्य : रमेश राई

    सम्बन्धित समाचार