Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पालिका अधिबेशनमा प्रतिष्पर्धी, जिल्ला अधिबेशनमा सहयात्री

    पालिका अधिबेशनमा प्रतिष्पर्धी, जिल्ला अधिबेशनमा सहयात्री


    • आइतवार, मंसिर ५ २०७८

    • नेपाल वाइड


    पालिका अधिबेशनमा प्रतिष्पर्धी, जिल्ला अधिबेशनमा सहयात्री

    खोटाङ । ५ मंसिर, खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिबेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिबेसनको पुर्वसन्ध्यमा एक ठाउँमा उभिएका छन् ।

    गत ९ असोजमा भएको कांग्रेसको पालिका अधिबेसनमा शेरबहादुर देउवा प्यानलबाट लडेका सुशिल राई (अमित) र कृष्ण सिटौला प्यानलबाट लडेका बाजिन्द्र बिष्टको समुह जिल्ला अधिबेसनमा एक भएका हुन् ।

    देउवा निकट सभापतिका आकांक्षी पुर्वराज्य मन्त्री सर्वधन राई र सिटौला निकट महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई बीच जिल्ला अधिबेसनमा संयुक्त प्यालन बनाएर चुनाव लड्ने सहमती भएसँगै गाउँपालिकाको दुई प्यानल एक भएका हुन् ।

    हालसम्म जिल्ला सभापतिमा दावी गर्दै आएका महाधिबेसन प्रतिनिधि भूपेन्द्रले जिल्ला अधिबेसनको अघिल्लो दिन पुर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा समर्थन गर्ने सहमती भएको जन्तेढुंगा गाउँपालिका घर भएका नेपाल प्रेस युनियन खोटाङका सभापति उत्तम चौंलागाईले बताए ।

    कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, सभापतिमा पराजित सुशिल राई (अमित), कांग्रेस नेता खेम खड्का, देवराज बस्नेत, देबेन्द्र बस्नेत, प्रेमबहादुर बस्नेत, नृपबहादुर चौंलागाई लगायतले दिक्तेलको त्रिबेणीचोकमा सामुहिक तस्बिर खिचाएर दुई प्यानल एक भएको सन्देश दिएका छन् । पालिका अधिबेसनमा बिष्टले ५५ मत र राईले ३४ मत ल्याएका थिए । सो गाउँपालिकामा १०१ जना क्षेत्रीय प्रतिनिधि छन् ।

    नेता खड्का र युनियनका सभापति चौंलागाईले दुई प्यानलबीचमा हारजीतको तुष मेटाउँदै जिल्ला अधिबेसनदेखि आगामी स्थानीय तह लगायतका निर्वाचनमा एक भएर जाने सहमती गराएका हुन् ।

    ‘पालिका अधिबेसनमा नेता तथा कार्यकर्ता दुई वटा फरक टिममा विभाजित थियो । जिल्ला अधिबेसनमा भने संयुक्त रुपमा जाने सहमती बनेको छ,’ चौंलागाईले भने, ‘पार्टीलाई थप मजबुद बनाएर आगामी स्थानीय तहको चुनावमा प्रतिपक्षविरुद्ध लड्न समेत सहज बनेको छ ।’

    कांग्रेसको जिल्ला सभापतिमा पुर्वसभापति बिष्णुकुमार राई र महासमिति सदस्य रबिप्रकाश राई पनि अघि सरेका छन् । रामचन्द्र पौडेल निकट बिष्णुकुमारलाई शेखर कोइराला टिमको समर्थन छ । रविप्रकाश देउवा निकट हुन् ।

    सम्बन्धित समाचार