Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस अधिबेसन : क्षेत्रीय प्रतिनिधि ओसार्न गाडी रिजर्भ

    कांग्रेस अधिबेसन : क्षेत्रीय प्रतिनिधि ओसार्न गाडी रिजर्भ

    कांग्रेसका क्षेत्रीय प्रतिनिधि भित्रिएपछि दिक्तेलबजारका होटल भरिभराउ

    • शनिवार, मंसिर ४ २०७८

    • नेपाल वाइड


    कांग्रेस अधिबेसन : क्षेत्रीय प्रतिनिधि ओसार्न गाडी रिजर्भ
    जिल्ला अधिबेसनका लागि रिजर्भ बसमा दिक्तेल आइपुगेका कांग्रेस क्षेत्रीय प्रतिनिधि । तस्बिर : चिसाङ शेर्पा

    खोटाङ । ४ मंसिर, नेपाली कांग्रेसको जिल्ला अधिबेसनका लागि क्षेत्रीय प्रतिनिधि गाडी रिजर्भ गरेर दिक्तेल भित्रिन थालेका छन् । ६ मंसिरमा हुने जिल्ला अधिबेसनका लागि विभिन्न पालिकाका क्षेत्रीय प्रतिनिधि जीप तथा बस रिजर्भ गर्दै दिक्तेल आउन थालेका हुन् ।

    बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सयौं क्षेत्रीय प्रतिनिधि शनिबार साँझ ६ वटा रिजर्भ बसमा कांग्रेसको झण्डा फहराउँदै दिक्तेल भित्रिएका छन् ।

    क्षेत्रीय कार्य समिति (प्रदेश ख) को अधिबेसनका लागि खोटेहाङ गाउँपालिकाको सिमपानीमा भेला भएका बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि घर नफर्की सिधै जिल्ला अधिबेसनका लागि दिक्तेल पुगेका हुन् ।

    क्षेत्रीय प्रतिनिधि बोक्न सिमपानी–दिक्तेलका लागि प्रतिवटा ३५ हजारमा बस रिजर्भ गरिएको कांग्रेस बराहपोखरी गाउँपालिकाका सभापति खिलाराज राई (दिपक)ले बताए ।

    क्षेत्रीय प्रतिनिधि बोक्नका लागि बराहपोखरीबाट सिमपानीसम्म पुग्न प्रतिवटा १५ हजारमा दुई वटा जीप रिजर्भ गरिएको थियो । जन्तेढुंगाबाट प्रतिवटा १५ हजारमा पाँच वटा जीप रिजर्भ गरेर सिमपानी पुगेका क्षेत्रीय प्रतिनिधिलाई दुई वटा बस रिजर्भ गरेर दिक्तेल पु¥याइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए ।

    बाईकबाट यात्रा गर्ने क्षेत्रीय प्रतिनिधि बाहेक अधिकांशलाई दिक्तेल लैजान गाडी रिजर्भ गरिएको जनाइएको छ । क्षेत्रीय प्रतिनिधिबाट पर्सनल खर्च उठाएरै गाडी रिजर्भ गरिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा बताउँछन् ।

    कांग्रेसको क्षेत्रीय प्रतिनिधि भित्रिएपछि दिक्तेलबजारका होटल भरिभराउ भएका छन् । होटलका अधिकांश कोठा बुकिङ गरिएका छन् । क्षेत्रीय प्रतिनिधिलाई क्षेत्रीय कार्य समितिले खाना र बासको व्यवस्था मिलाएको छ । पेय पदार्थका लागि भने आफैले खर्च गर्नु पर्ने छ ।

    कांग्रेसको जिल्ला सभापतिका लागि पुर्व राज्यमन्त्री सर्वधन राई, पुर्व सभापति बिष्णुकुमार राई, महासमिति सदस्य रबिप्रकाश राई र महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई आकांक्ष देखिएका छन् ।

    पुर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबिप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पुर्व सभापति बिष्णुकुमार पौडेल र महाधिबेसन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक मानिन्छन् ।

    सम्बन्धित समाचार