शनिवार, मंसिर ४ २०७८
नेपाल वाइड
खोटाङ । ४ मंसिर, खोटाङको दुई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका कमिटि गठन गरेको छ । जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले पालिका कमिटि विस्तार गरेको हो ।
जन्तेढुंगा गाउँपालिकामा शनिबार किर्तीराज राईको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ५८ सदस्यीय कमिटि गठन गरिएको छ । पालिका कमिटिको उपाध्यक्षमा प्रेमकुमार राई, चन्द्रबहादुर थापा, सचिवमा मिलन राई, उपसचिवमा पदम बस्नेत र बिश्वहाङ राई चयन भएका छन् ।
यस्तै, बराहपोखरी गाउँपालिकामा घमण्ड राईको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ५१ सदस्यीय पालिका कमिटि गठन गरिएको छ । पालिका कमिटिको उपाध्यक्षमा गंगाप्रसाद निरौला, टंकमणि मगर र टंकबहादुर मगर, सचिवमा हरि मगर, उप–सचिवमा प्रेम श्रेष्ठ र हरि कार्की चयन भएका छन् ।
पालिका स्तरिय कमिटि विस्तारसँगै जन्तेढुंगाको चिसापानी र बराहपोखरीको धर्तुङमा पार्टी कार्यालय स्थापना गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
पार्टीका केन्द्रिय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, जिल्ला अध्यक्ष जलसेर राई, प्रदेश कमिटि सदस्य कुमार राई, जिल्ला कमिटि सचिवालय सदस्य भुवलराज राई, जिल्ला कमिटि सदस्य बम दाहाल, ध्यानकुमार राई लगायतको उपस्थितिमा दुई पालिकामा कमिटि गठन गरिएको हो ।